Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सिरहामा आगलागी हुँदा करिब ५ लाख बराबरको धनमाल जलेर नष्ट

सिरहामा आगलागी हुँदा करिब ५ लाख बराबरको धनमाल जलेर नष्ट


  • 1.0K
    Shares

    सिरहामा आगलागी हुँदा करिब ५ लाख  बराबरको धनमाल जलेर नष्ट
    images

    सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। राति करिब १ बजेको समयमा स्थानीय भनुवा मण्डलको घरमा विद्युत्को तार सर्ट भई अचानक आगलागी भएको हो।

    आगलागीमा घरमा भण्डारण गरेर राखिएको खाद्यान्न, धान-चामल,गहु,केही नगद,प्लाइ,भाडाकुडा,लागयतका घरमा राखिएका खाधन समाग्री लगायतका विभिन्न सरसामान जलेर नष्ट भएको पीडित मण्डलले बताएका छन्।

    आगो लागेको थाहा पाएपछि स्थानीयवासीले तत्काल नियन्त्रणको प्रयास गरेका थिए। गोलबजार नगरपालिकाको दमकलसमेत घटनास्थलमा पुगेपछि स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। समयमै आगो नियन्त्रणमा आएपछि घरका अन्य भागमा आगो फैलिनबाट जोगिएको स्थानीयले बताएका छन्।

    वडा नम्बर ९ का अध्यक्ष विनोद यादवले प्रारम्भिक जानकारीअनुसार विद्युतको तार सर्ट भएर आगलागी भएको बताए। उनका अनुसार आगलागीबाट घरमा राखिएका खाद्यान्न तथा अन्य सामग्री जलेर क्षति भएको छ। पीडित भनुवा मण्डलले रातिको समयमा अचानक आगलागी भएकाले घरभित्र रहेका अधिकांश सामान निकाल्न नसकिएको बताए। उनले आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।

    घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यलय कल्याणपुरको टोलीसमेत घटनास्थलमा पुगेर मुचुल्का तथा क्षतिको विवरण संकलन गरेको छ। प्रहरीले प्रारम्भिक रूपमा विद्युतको तार सर्ट भएर आगलागी भएको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रकाशित मिति :श्रावण ३० २०८३ शनिवार - १०:४१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij