Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

आज काठमाडौंका पाँच स्थानमा ग्यास वितरण गरिँदै, कहाँ कुन कुन ग्यास पाइन्छ ?

आज काठमाडौंका पाँच स्थानमा ग्यास वितरण गरिँदै, कहाँ कुन कुन ग्यास पाइन्छ ?


  • 631
    Shares

    आज काठमाडौंका पाँच स्थानमा ग्यास वितरण गरिँदै, कहाँ कुन कुन ग्यास पाइन्छ ?
    images

    काठमाडौं । नेपाल आयल निगमले आज (शनिबार) पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ ।

    अत्यावश्यक परेका उपभोक्ताहरूले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सक्ने बताएको छ । ग्यास खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ।

    ग्यास बिक्री हुने प्रमुख स्थान र ब्रान्ड

    निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास उपलब्ध हुनेछ ।

    यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी हुनेछ । 

    राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ ।

    राधास्वामी, बसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास उपलब्ध हुनेछ । 

    पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट  नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, हिमाल, STC, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ । 

    निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ । उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र केवल आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न निगमले विशेष अनुरोध गरेको छ ।

    images
    प्रकाशित मिति :श्रावण ३० २०८३ शनिवार - ०५:२८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij