२०८३ श्रावण २९ गते शुक्रवार
काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा वक्ताहरूका लागि समयको नियम लागू गरिएको छ। भेला आयोजक समितिले प्रत्येक वक्तालाई आफ्नो धारणा राख्नका लागि केवल ३ मिनेटको समय उपलब्ध गराएको हो।
कार्यक्रमका उद्घोषक एवं प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले सहभागी नेता तथा कार्यकर्ताहरूलाई समयको पाबन्दीबारे जानकारी गराए । विश्वकर्माका अनुसार निर्धारित ३ मिनेटको समय सकिएपछि संसद्मा जस्तै गरी माइक काटिने भएको छ।
धेरै सङ्ख्यामा वक्ताहरू रहेको र सबैका कुरा सुन्नुपर्ने भएकाले कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन यस्तो नियम बनाइएको आयोजकले जनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij