Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो

किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो


  • 435
    Shares

    किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
    images

    काठमाडौं । किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको छ । यसअघि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका श्रेष्ठलाई महाराजगञ्ज सारिएको हो ।

    बिहीबार अदालतबाट म्याद थप गरेपछि उनलाई महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दान बहादुर थापाले बताएका छन् ।

    प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो । साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो ।  

    अनुसन्धानको सिलसिलामा कार्यालयमा खानतलासी गरेर विद्युतीय सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोमबार उनलाई सशरीर उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ । 

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १२:४४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij