Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

समितिमा बोल्ने भाषामा ध्यान दिन रुलिङ

समितिमा बोल्ने भाषामा ध्यान दिन रुलिङ


  • 225
    Shares

    समितिमा बोल्ने भाषामा ध्यान दिन रुलिङ
    images

    काठमाडौं । कानुन न्याय, तथा मानव अधिकार समिति सभापति समिक्षा बास्कोटाले समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ गरेकी छन् ।

    शुक्रबारको समिति बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ उपर छलफल भइरहेको छ ।

    बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन २०८३ पारित गर्ने तयारी छ ।

    समितिमा गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगतायत सहभागी छन् ।

    "समितिमा हामीले आमन्त्रित गर्ने व्यक्तिहरू कुनै न कुनै संगठनका प्रमुख, कुनै न कुनै मन्त्रालयदेखि लिएर निकायका प्रमुख रहेर काम गरिरहनुभएको स्थिति भएकोले हामीले यहाँनेरी बोलिने भाषा, हामीले प्रयोग गरिने शब्द र हामीले प्रयोग गर्ने व्यवहार यो सम्पूर्ण आम नागरिकले पनि हेरिराख्नुभएको हुन्छ," सभापति बास्कोटाले भनिन् ।

    उनले विषयान्तर नहुन भनिन्  । "यो हिसाबले समितिमा बोल्ने विषयमा विषयान्तर नभइकन र हामीले प्रयोग गर्ने भाषामा पनि त्यत्तिकै सचेत र संवेदनशील भएर विषय उठान गर्दिनुहुन्छ भनेर  माननीय सदस्यहरू र आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु," उनले भनिन् ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १२:२४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij