Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

जफत सामग्रीसहित किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश

जफत सामग्रीसहित किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश


  • 323
    Shares

    जफत सामग्रीसहित किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

    श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो। 

    इजलासले जनआस्थाको कार्यालयबाट प्रहरीले जफत गरेको ल्यापटप, कम्प्युटर र मोबाइलसहित श्रेष्ठलाई उपस्थित गराउन भनेको छ। 

    प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले उनलाई हिरासतमा राखेको छ।

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - ११:२७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij