Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

कास्की र पर्वत जोड्ने २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी

कास्की र पर्वत जोड्ने २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी


  • 428
    Shares

    कास्की र पर्वत जोड्ने २ वटा पुल बगायो,  मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी
    images

    पोखरा । कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएको छ भने मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी छ ।

    अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमाना नयाँ पुल–बिरेठाँटी सडक खण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवतजावत गर्ने २ वटा मेटलको पुल (पर्वत र कास्कीतर्फ) सहित मन्दिरको आधा भागसमेत नदीले बगाएको हो ।

    यसका साथै मन्दिरमा रहेका १ जना सन्त पुजारी र २ जना भक्तजन गरी ३ जना व्यक्ति मन्दिरमा फसेको भन्ने खबर प्राप्त भएपश्चात् उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट ४ जना रोप रेस्क्यु र ३ जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ ।

    आवश्यक विपद् उद्धारका सामग्री सहित राति साढे २ बजे खटिएका सुरक्षाकर्मीले उद्धार प्रयास गरिरहेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले बताए ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - ०७:५०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij