२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा सभापति शेरबहादुर देउवाको नाम उल्लेख गरिएको बोर्ड टाँसिएको छ ।
स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाको स्वागतसँगै इतर समूहले कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखेको हो ।
संस्थापन इतर समूहले शुक्रबारदेखि ३ दिनसम्म राष्ट्रिय भेला आयोजना गर्दैछ । उक्त भेलामा सभापति देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने प्रचार–प्रसार समितिका संयोजक मिन विश्वकर्माले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij