२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अविरल वर्षाको कारण रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार साँझ गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा परेका दुई जना अझै बेपत्ता छन् । घटनास्थलमा ५ जनाको शव भेटिएको थियो ।
बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका–९ स्थित माडी खोलाको किनारमा ५ जनाको शव भेटिएको लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीले बताए । प्युठानमा भेटिएका दुई जनाको शवको आंशिक टुक्रा मात्र भेटिएको छ । घटनास्थलमा ५ जनाको शव भेटिएको थियो ।
पहिरोले घर गोठ पुरिँदा दुई जना दुई जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले र नेपाल प्रहरीले बेपत्ताहरूको खोजी कार्य गरिरहेको छ । पहिरोमा १४ जना परेका थिए । दुई जनालाई घाइतेलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । घाइते अवस्थामा उद्धार गरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्तिमगर लाई थप उपचारको लागि बुटवल पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता ९डीएसपी० शैलेन्द्र थापाले जानकारी दिए ।
मृत्यु हुनेहरूमा १८ वर्षिया शान्ति पुन मगर, ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षिया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षिया मनरखी पुन मगर लगायत छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij