Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

खाना पकाउने ग्यासको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

खाना पकाउने ग्यासको कृत्रिम अभाव अन्त्य गर्न आग्रह


  • 358
    Shares

    खाना पकाउने ग्यासको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    images

    काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्यासको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्यासको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह गरिन् । सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने ग्यासको कृत्रिम अभाव भएकाले कालो बजारी नियन्त्रणका लागि कडा रूपमा अनुगमन गर्न आग्रह गरे । 

    सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गरे । सदस्य पदमबहादुर परियारले तनहुँ हाइडो निर्माण गर्दा सेती नदी बहाव परिवर्तन भई समस्या भएकाले समाधान गर्नुेपर्नेमा जोड दिए

    सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानको हिमाल आरोहण गर्दा निधन भएका निर्मल पुर्जासहित छ जना नेपाली र अन्य तीन जनाको निधन भएकामा दुःख व्यक्त गरिन् । सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्ष पीडितले तीन दर्जन आयोग बन्दा पनि समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

    सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा घर तथा कोठा भाडा नीति बनाएर घर र डेरा भाडा तोक्न माग गरिन् । सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार यत्तिकै धरपकड गरिएको भन्दै विरोध जनाए । 

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १४:२४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij