Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

‘शक्ति होइन, राष्ट्रिय एकताका लागि फर्किएँ’ : देउवा

‘शक्ति होइन, राष्ट्रिय एकताका लागि फर्किएँ’ : देउवा


  • 988
    Shares

    ‘शक्ति होइन, राष्ट्रिय एकताका लागि फर्किएँ’ : देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले झन्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै पार्टी कार्यकर्ता र आम नागरिकका नाममा अपिल जारी गरेका छन्।

    अपिलमार्फत देउवाले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

    ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाले अपिलमा उल्लेख गरेका छन्।

    देउवाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै जनताको मतको सम्मान गर्न नसके लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने बताएका छन्। सरकार राजनीतिक आग्रह–पूर्वाग्रहमा केन्द्रित भएको उनको दाबी छ।

    उनले पछिल्लो समय युवा पुस्तामा देखिएको परिवर्तनको चाहना र असन्तुष्टिलाई कांग्रेसले गम्भीर रूपमा बुझ्नुपर्ने बताएका छन्। बदलिँदो समयअनुसार पार्टीलाई रूपान्तरण गर्दै नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई अघि बढाउने उनको भनाइ छ।

    देउवाले विगतका राजनीतिक संघर्ष, त्याग र बलिदानलाई सम्मान गर्दै पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

    २०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

    कांग्रेसका कार्यकर्तामा देखिएको निराशा हटाउँदै पार्टीलाई थप सुदृढ बनाउने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्। संविधानको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने धारणा पनि उनले दोहोर्‍याएका छन्।

    आफूलाई व्यक्तिगत लाभ वा पदको चाहना नरहेको स्पष्ट पार्दै देउवाले बाँकी जीवन राष्ट्र, लोकतन्त्र र नागरिक अधिकारको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफू नेता बन्न नभई राष्ट्रको आजीवन सेवकका रूपमा फर्किएको बताएका छन्।

    767387413_1041631805279966_7108685662470339487_n_oClUEE2rU4.jpg

     

    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १३:५५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij