२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय परिसर नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी छन्।
बिहीबार आयोजित कार्यक्रममा बिक्री कक्षको उद्घाटन गर्दै मन्त्री यादवले सिंहदरबार आउने कर्मचारी तथा सर्वसाधारणलाई सहज र सुपथ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको बताइन्।
कम्पनीका खाद्य सामग्री तथा दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष स्थापना गरिएको हो। बिक्री कक्षबाट उपभोक्ताले कम्पनीले बिक्री गर्दै आएका विभिन्न खाद्यवस्तु खरिद गर्न सक्नेछन्।
मन्त्रालय परिसर आसपास स्थापना गरिएको बिक्री कक्षले सरकारी कर्मचारी तथा सिंहदरबार क्षेत्रमा आउने सर्वसाधारणलाई समेत सहज रूपमा खाद्य सामग्री खरिद गर्ने सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij