Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

देउवा आज स्वदेश फर्किँदै, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थलमा

देउवा आज स्वदेश फर्किँदै, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थलमा


  • 1.2K
    Shares

    देउवा आज स्वदेश फर्किँदै, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थलमा
    images

    काठमाडौं । स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

    कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा। शशांक कोइरालाको नेतृत्वमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू विमानस्थलमा पुग्ने नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।

    विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । स्वागतका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा। शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठुलो टोली विमानस्थल पुग्ने तयारी गरिएको छ ।

    देउवा गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । 

    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - ११:४८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij