Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

जिम्मेवार असहमति लोकतन्त्रको शक्ति होः राष्ट्रपति पौडेल

जिम्मेवार असहमति लोकतन्त्रको शक्ति होः राष्ट्रपति पौडेल


  • 379
    Shares

    जिम्मेवार असहमति लोकतन्त्रको शक्ति होः राष्ट्रपति पौडेल
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जिम्मेवार असहमतिलाई लोकतन्त्रको कमजोरी नभई शक्तिको रूपमा लिनुपर्ने बताएका छन् । 

    ‘अनलाइनखबर’ द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको उल्लेख गरेका छन् । उनले यहाँ फरक मतहरूले स्वतन्त्र रूपमा प्रष्फुटन हुने अवसर पाउनुपर्नेमा जोड दिएका छन्। 

    नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता एवं प्रश्न गर्नसक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्ने धारणा व्यक्त गरेका छन् । लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एकअर्काका पूरक भएको चर्चा गर्दै राष्ट्रपतिले राज्यका सबै अङ्गले यसको मर्मलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।

    आफूले यिनै लोकतान्त्रिक आदर्श र दर्शनका निम्ति जीवनको महत्वपूर्ण समय सङ्घर्षमा व्यतीत गरेको समेत उनले स्मरण गरेका छन् । सूचना प्रविधिको तिब्र विकास र प्रतिष्पर्धासँगै समाजमा मिथ्या सूचना सम्प्रेषण गरी नागरिकलाई दिगभ्रमित पार्ने चुनौती बढेको प्रति उनले सचेत गराएका छन् । यस्ता चुनौतीहरूको डटेर सामना गर्दै जनतामाझ सत्य र सही सूचना पु¥याउन अनलाइन खबर जस्ता जिम्मेवार सञ्चार माध्यमहरू सफल हुनुपर्नेमा उनले जोड दिएका छन्। 

     

     

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - ११:३६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij