२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । चीनतर्फ न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ । पहिरोका कारण नदीको बहाव करिब आधाजति थुनिएको जनाइएको छ ।
बिहीबार बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो । पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव प्रभावित भएपछि जुनसुकै बेला विपद्जन्य घटना निम्तिन सक्ने भएकाले नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेषगरी भोटेकोशी, बाह्रबीसे र बलेफी गाउँपालिका क्षेत्रअन्तर्गत नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij