Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल रिहाइको माग

किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल रिहाइको माग


  • 372
    Shares

    किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल रिहाइको माग
    images

    काठमाडौं । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

    महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई समाचारको विषयलाई लिएर पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति ९ बजेको समयमा काठमाडौं प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

    पक्राउलगत्तै समाचारको स्रोत खोज्न प्रहरीले राति करिब १ बजे श्रेष्ठको घरमा र बुधबार बिहान कार्यालयमा समेत खानतलासी गरेको जानकारी प्राप्त भएको महासंघले जनाएको छ ।

    महासंघका अनुसार समाचारमा चित्त नबुझेका विषय हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालसँग रहेको छ । उक्त क्षेत्राधिकारको बेवास्ता गर्दै सरकारी संयन्त्र प्रयोग गरेर पत्रकार श्रेष्ठमाथि गरिएको व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध रहेको महासंघको ठम्याइ छ ।

    यस्तो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको महासंघले जनाएको छ । महासंघले सरकारको यस्तो शैलीप्रति खेद प्रकट गर्दै घटनाको कडा भर्त्सना गरेको छ ।

    महासंघले प्रेसविरोधी व्यवहार सच्याउन तथा पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ । समाचारको विषयमा विवाद भए प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न सम्बन्धित निकायलाई महासंघले आग्रह गरेको छ ।

    साथै, आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई समेत महासंघले आग्रह गरेको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १०:३३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij