Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

परिणाम दिन नसके अर्को ‘भदौ २३’ आउन सक्छ : रवि लामिछाने

परिणाम दिन नसके अर्को ‘भदौ २३’ आउन सक्छ : रवि लामिछाने


  • 526
    Shares

    परिणाम दिन नसके अर्को ‘भदौ २३’ आउन सक्छ : रवि लामिछाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले जनताले दिएको जिम्मेवारी पूरा गर्न नसके अर्को ‘भदौ २३’ जस्तो अवस्था आउन सक्ने संकेत गरेका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपाले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले युवाको नेतृत्वमाथि प्रश्न उठ्ने अवस्था आउन नदिन कामबाट प्रमाणित गर्नुपर्ने बताए ।

    उनले गत वर्षको भदौ २३ गतेको घटनालाई स्मरण गर्दै शक्तिशाली सरकारसमेत जनताको असन्तुष्टिबाट जोगिन नसकेको बताए ।

    “गत वर्षको भदौ २१, २२ गते त ठीकै थियो, सरकार दुई तिहाइ थियो । शक्तिशाली दुई पार्टी सरकारमा थिए, कसले छुन सक्थ्यो र ? तर २३ आइपुग्यो, ओभरनाइट,” लामिछानेले भने ।

    उनले रास्वपाले जनताको अपेक्षाअनुसार परिणाम दिन नसके युवाबाट राजनीति सम्भव छैन भन्ने गलत भाष्य निर्माण हुन सक्ने चेतावनी दिए ।

    “हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छौँ,” उनले भने ।

    लामिछानेले युवाको नेतृत्व स्थापित गर्न सफल भएको भन्दै मात्रै आत्मसन्तुष्टि लिन नहुने बताए । युवाले नेतृत्व गरे पनि त्यसलाई परिणाममा बदल्न नसके भविष्यमा युवाप्रतिको विश्वास कमजोर हुन सक्ने उनको भनाइ थियो ।

    “यदि कुनै कारणले हामीले हाम्रो जिम्मेवारी पूरा गर्न सकेनौँ भने केही वर्षभित्रै युवाबाट रहर गरेर नहुने रहेछ, अनुभव नभएका मान्छेबाट राजनीति सम्भव नहुने रहेछ भन्ने भाष्य बन्न सक्छ,” उनले भने ।

    उनले यस्तो अवस्था आए त्यसको सबैभन्दा ठूलो असर परिवर्तनको पक्षमा उभिएका युवामाथि पर्ने बताए ।

    रास्वपा सभापति लामिछानेले अब युवाको नेतृत्वलाई सफल बनाउन इमानदार प्रयास, परिणाममुखी काम र जनताको विश्वास कायम राख्नु आवश्यक रहेको उल्लेख गरे ।

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १७:०५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij