Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राष्ट्रिय सभामा खाना पकाउने ग्यासको अभाव र शान्ति सुरक्षाको विषयमा सरकारको आलोचना

राष्ट्रिय सभामा खाना पकाउने ग्यासको अभाव र शान्ति सुरक्षाको विषयमा सरकारको आलोचना


  • 470
    Shares

    राष्ट्रिय सभामा खाना पकाउने ग्यासको अभाव र शान्ति सुरक्षाको विषयमा सरकारको आलोचना
    images

    काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बुधवारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले मुलुकमा व्याप्त विभिन्न समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । खाना पकाउने ग्यास ९एलपी ग्यास० को चरम अभाव, शान्ति सुरक्षाको फितलो अवस्था र सरकारको कार्यशैलीलाई लिएर सांसदहरूले कडा आलोचना गरेका हुन् । 

    बैठकमा सांसद कमला पन्तले बजारमा ग्यासको हाहाकार हुँदा पनि सरकारले आपूर्ति सहज छ भन्नु लज्जास्पद रहेको बताएयो । उनले जनताको घरमा चुलो बल्न छाडेको उल्लेख गर्दै यसबारे संसदमा सरकारको तर्फबाट रुलिङको माग गरे। त्यसैगरी, माननीय सदस्य मदनकुमारी शाहले डेलिभरीको नारा दिने सरकारले जनतालाई ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य बनाएको भन्दै आक्रोश व्यक्त गरे । 

    सांसदहरू तुलप्रसाद विश्वकर्मा र नरबहादुर विष्टले माईतीघर मण्डलामा ११६ दिनदेखि धर्नारत दिपा नेपालीको मागप्रति सरकार उदासीन रहेको बताए। उनहरूले जनताले ग्यास नपाएर सास्ती भोगिरहेको र सरकारले समस्या समाधानमा ध्यान नदिएको आरोप लगाए । 

    यस्तै, सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति सांसद नारायणदत्त मिश्रले आपत्ति जनाए। दुई समुदायबीच तनाव बढ्दा सुरक्षा संयन्त्र समयमै परिचालन हुन नसकेको टिप्पणी गर्दै उनले घटनाको निष्पक्ष न्यायिक छानबिन र दोषीलाई कारबाहीको माग गरे। सिराहाको गोलबजारमा भएको आगजनी र भौतिक क्षतिका सम्बन्धमा बोल्दै माननीय सदस्य मोहम्मद खालिदले पीडितलाई क्षतिपूर्ति दिन र सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरे । 

    सांसद भूवनबहादुर सुनारले सरकारको सय बुँदे कार्ययोजनाको आलोचना गर्दै सुकुम्बासी बस्तीमा डोजर आतंक, रासायनिक मलको अभाव र महँगी नियन्त्रणमा सरकार असफल भएको दाबी गरे । यसैगरी सांसद युवराज शर्माले राष्ट्रिय ट्रमा सेन्टरमा महँगा स्वास्थ्य उपकरण बिग्रनु, विद्युतमा भ्याट लगाइनु र कृत्रिम अभाव सिर्जना हुनुले जनतामा निराशा छाएको बताए । शून्य समयमा बोल्ने अन्य सदस्यहरूले पनि जनसरोकारका विषयमा सरकार जवाफदेही हुनुपर्नेमा जोड दिए । 

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १४:२२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij