Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

धनुषा अदालतको गेटमै महिलाद्वारा आत्मदाह प्रयास, प्रहरीले बचायो

धनुषा अदालतको गेटमै महिलाद्वारा आत्मदाह प्रयास, प्रहरीले बचायो


  • 540
    Shares

    images

    काठमाडौं । धनुषाको जिल्ला अदालत गेटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। बुधबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–३ की ५५ वर्षीया फूलकुमारी रजकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।

    रजकले शरीरमा पेट्रोल खन्याएको थाहा पाएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनास्थलमै रहेका प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले उनलाई जोगाएको हो।

    धनुषा जिल्ला अदालतमा मिटरब्याजी आरोपमा रहेका हरेराम साह र गोपाल साहविरुद्ध थुनछेक बहस चलिरहेका बेला मिटरब्याज पीडितहरूले उनीहरूलाई कारबाही गरी जेल पठाउन माग गर्दै प्रदर्शन गरिरहेका थिए।

    सोही प्रदर्शनका क्रममा रजकले आत्मदाहको प्रयास गरेकी प्रहरीले जनाएको छ। घटनापछि जिल्ला अदालत परिसर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।  

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १४:११:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij