Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

हेटौंडामा बोराभित्र भेटिएको महिलाको शव अझै पहिचान भएन, प्रहरीले माग्यो सहयोग

हेटौंडामा बोराभित्र भेटिएको महिलाको शव अझै पहिचान भएन, प्रहरीले माग्यो सहयोग


  • 484
    Shares

    हेटौंडामा बोराभित्र भेटिएको महिलाको शव अझै पहिचान भएन, प्रहरीले माग्यो सहयोग
    images

    काठमाडौं । मकवानपुरको हेटौंडामा बोराभित्र भेटिएको महिलाको शव लामो समय बितिसक्दा पनि पहिचान हुन सकेको छैन। परिवार वा आफन्तसम्म कुनै जानकारी पुग्न नसकेपछि प्रहरीले मृतकको हुलिया र पहिरन सार्वजनिक गर्दै पहिचानका लागि सहयोग मागेको छ।

    हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा गत साउन २२ गते महिलाको शव फेला परेको थियो। स्थानीयवासी च्याउ टिप्न जंगल गएको बेला खाल्डोमा सेतो प्लास्टिकको बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    प्रहरी घटनास्थल पुगेर बोरा खोल्दा करिब ४ फिट गहिरो खाल्डोमा महिलाको शव फेला परेको थियो। शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको थियो भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मृतक महिला करिब ३० देखि ३२ वर्ष उमेरकी देखिन्छिन्। उनको उचाइ करिब ५ फिट १ इन्च, तौल ५० देखि ५५ किलो र वर्ण गहुँगोरो रहेको छ। उनको गोलो अनुहार र लामो कालो कपाल रहेको प्रहरीले जनाएको छ।

    मृतकले छातीमा सेतो फुलबुट्टा भएको गुलाबी कुर्ता, सेतो सुरुवाल लगाएकी थिइन्। उनको घाँटीमा पहेँलो धातु र रातो मोती जडित माला, नाकमा फुली, बायाँ कानमा पहेँलो धातुको मुन्द्रा तथा हातमा हरियो र रातो चुरा रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले उल्लेखित हुलिया वा पहिरनका आधारमा महिलालाई चिन्ने जो कोहीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौंडामा जानकारी गराउन आग्रह गरेको छ।

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १३:२७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij