Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज घट्यो सुनचाँदीको मूल्य

आज घट्यो सुनचाँदीको मूल्य


  • 547
    Shares

    आज घट्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधवार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार २०० ले घटेको हो ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ७०० मा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९०० मा कारोबार भएको थियो ।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ कायम भएको महासंघले जनाएको छ । मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ९७५ थियो ।

    सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७४५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला ३५ ले घटेको हो ।

    महासंघले आजका लागि १० ग्राम चाँदीको मूल्य  ४ हजार ६८ कायम गरेको छ । मंगलबार १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ थियो ।

     

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १३:१६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij