Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुदूरपश्चिममा संसद बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्रीको पत्र

सुदूरपश्चिममा संसद बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्रीको पत्र


  • 925
    Shares

    सुदूरपश्चिममा संसद बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्रीको पत्र
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाको बैठक बोलाइदिन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्। मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिने प्रयोजनका लागि साँझ ५ बजे प्रदेशसभा बैठक बोलाउन आग्रह गर्दै सभामुखलाई पत्र पठाएका हुन्।

    अघिल्लो महिनाको ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए।

    संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने अवस्था रहेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारीसहित बैठक बोलाउन पत्र पठाएका हुन्।

    प्रदेशसभामा मुख्यमन्त्रीको पत्र प्राप्त भएको सभामुख भण्डारीले पुष्टि गरेका छन्।

    तर, विश्वासको मतका लागि प्रदेशसभा बैठक बोलाउन पत्र पठाए पनि मुख्यमन्त्री शाहले विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ। स्रोतका अनुसार मुख्यमन्त्रीले भोलि प्रदेशसभामा सम्बोधन गरेर राजीनामा गर्ने आन्तरिक छलफल गरिरहेका छन् ।

    सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन्। सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८ सांसदको समर्थन छ। कांग्रेसका सांसद प्रकाश देउवा भने हाल अमेरिकामा छन्। सरकार जोगाउन कांग्रेसको समर्थनबाहेक थप १० सांसदको समर्थन आवश्यक पर्ने भएकाले आवश्यक संख्या सुनिश्चित नभएपछि शाह राजीनामा दिने निष्कर्षमा पुगेको कांग्रेसको दाबी छ।

    मुख्यमन्त्री शाहको राजीनामा लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बोलाइएको प्रमुख सचेतक सरस्वती खड्काले बताइन्।

    मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुल्नेछ। पाँचौँ मुख्यमन्त्रीका रूपमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका नेता खगराज भट्टलाई अघि सार्ने विषयमा केन्द्रमा नेकपा र एमालेबीच सहमति भइसकेको नेताहरूले बताउँदै आएका छन्।

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १३:०१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij