Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा नेता यादव पक्राउ

रास्वपा नेता यादव पक्राउ


  • 2.2K
    Shares

    रास्वपा नेता यादव पक्राउ
    images

    काठमाडौं । सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटले गरुडा नगरपालिकाका रास्वपा सभापति यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

    स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरे। प्रहरीका अनुसार उनीबारे थप अनुसन्धान भइरहेको छ।

     

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १२:१२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij