२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । भालुको खुट्टासहित प्रहरीले रसुवाबाट २ जनालाई पक्राउ गरेको छ।
गोसाइकुण्ड पासाङ ल्यामु राजमार्गबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा २९ वर्षीय गोम्बो तामाङ र २४ वर्षी तोप्देन तामाङ रहेका छन्।
मंगलबार गत्लाङबाट त्रिशूलीतर्फ जाँदै गरेको गोम्बो तामाङले चलाएको टिपरको हाइड्रोलिक पाइपमुनी रातो डोरीले बाँधेको अवस्थामा भालुको खुट्टा बरामद भएको हो।
पक्राउपछि उनीहरूलाई लाङटाङ राष्ट्रिय निकुञ्ज धुन्चेमा बुझाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij