२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । बुद्धिजीवी भावुक न्यौपानेले नेपाली काँग्रेसभित्र देखिएको विवाद पार्टीको सैद्धान्तिक विषयभन्दा नेताहरुको व्यक्तिगत चरित्रमा केन्द्रित भएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेताहरुले पार्टीको सिद्धान्त, राष्ट्रियता, लोकतन्त्रको विषयमा बहस गर्नुपर्ने आवश्यकतालाई नजरअन्दाज गरेर व्यक्ति विशेषलाई दोषारोपण गर्दै बसेको टिप्पणी गरेका छन् । नेताहरुको बोली र व्यवहार एउटै नहुँदासम्म पार्टीभित्र देखिएको समस्याको हल हुन नसक्ने उनको भनाइ छ । उनले पार्टीको विगतको समीक्षा गर्ने र भविष्यमा कस्तो भूमिका खेल्ने भन्नेबारे कार्ययोजना बनाउनुपर्नेमा समेत उनको जोड छ ।
उहाँले भन्नुभयो, ‘अहिले हामीहरु पार्टीको सैद्धान्तिक कुरा छोडेर व्यक्तिगत चरित्रमा रुमल्लिइरहेका छौँ । सैद्धान्तिक र पार्टीगत, देश र जनताको लागि पार्टी हो व्यक्तिगत कमाइ गर्न आएको भन्ने होइन । त्यसकारणले हामी अरू पार्टीभन्दा फरक छौँ । प्रजातन्त्रको प्रवद्र्धन एवं संरक्षण नेपाली काँग्रेसबाट मात्र सम्भव छ, यो यो कारणले काँग्रेसबाट सम्भव छ । राष्ट्रियताको सवालमा कांग्रेसले कस्तो भूमिका खेल्नसक्छ रु यी कुरा छाडेर हामी भन्ने एउटा गर्ने अर्कै अर्थात बोली र व्यवहारको भिन्नताले पनि समस्या परेको हो । उहाँहरुको बाहिर देख्ने बोली र भित्र कोठामा बोल्ने बोलीमा निकै फरक छ । जबसम्म हामीले बोलि र व्यवहार एउटै बनाउन सक्दैनौँ तबसम्म यो सम्भव छैन ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij