२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड धरौटी माग गरेको छ ।
मंगलबार भएको थुनछेक बहसपछि गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको हो । न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको छ । त्यसअघि बकपत्र गराइएको थियो ।
व्यवसायी गोल्छा यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij