Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’

प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’


  • 1.1K
    Shares

    प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’
    images

    काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले प्रधानमन्त्रीको कार्यशैली र सरकारको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । 

    मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थेबेले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको ‘एक्लोपन’ प्रति टिप्पणी गर्दै विभिन्न जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद थेबेले सरकारले गरेका चुनावी वाचाहरू पूरा नभएको भन्दै कडा आलोचना गरेका छन् । 

    ‘नो लाइन, ओन्ली अनलाइन’ र घरघरमै राहदानी पु¥याउने वाचा गरे पनि युवाहरू अझै मध्यरातदेखि लाइन बस्न बाध्य भएको उनले बताए । अघिल्लो सरकारले प्रिन्ट गरेर राखेको १२ लाख लाइसेन्स समेत वितरण गर्न नसकेको र दैनिक उपभोग्य वस्तु ग्यासका लागि समेत जनता लाइनमा बस्नुपर्ने अवस्था रहेको उनको तर्क छ । 

    सांसद थेबेले प्रधानमन्त्रीले आफू मन्त्रिपरिषद् र सचिवालयमा एक्लो भएको आशयको फेसबुक स्टाटस लेखेको सन्दर्भ जोड्दै भने, ‘प्रधानमन्त्रीज्यू कोविरुद्ध एक्लै लडिरहनुभएको छ, त्यो उहाँलाई नै थाहा होला । तर उहाँको त्यो एक्लोपनमा साथ दिन देश र जनताका निम्ति मेरा केही शर्तहरू छन् । गत वर्ष भित्रिएको २१ खर्ब रेमिट्यान्सको एक प्रतिशत मात्रै लगानी गर्ने हो भने २१ अर्ब हुन्छ । यति रकम युवाहरूको सीप विकासमा खर्च गर्ने हो भने दक्ष जनशक्ति निर्माण गर्न सकिन्छ ।’

     

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १६:०१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij