Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता, खोजी जारी

रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता, खोजी जारी


  • 484
    Shares

    रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता, खोजी जारी
    images

    काठमाडौं । लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका डुबेर बेपत्ता भएका छन् ।

    देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउँसो नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका हुन् ।

    बेपत्ता हुनेमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।

    स्थानीयका अनुसार उनीहरू दिउँसो करिब २ बजे नदीमा नुहाउन गएका बेला पानीमा डुबेर बेपत्ता भएका हुन् ।

    घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली घटनास्थलमा खटिएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको टोलीसमेत खोजीमा परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिएका छन् ।

    बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १५:५५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij