Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

काठमाडौंमा भूत पन्छाइँदै (तस्बिरहरु)

काठमाडौंमा भूत पन्छाइँदै (तस्बिरहरु)


  • 561
    Shares

    काठमाडौंमा भूत पन्छाइँदै (तस्बिरहरु)
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा आज पौराणिक कालदेखि चलिआएको गठेमंगल अर्थात घण्टाकर्ण चतुर्दशी पर्व धार्मिक विधिपूर्वक मनाइएको छ ।   

    यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा विशेष चहलपहल देखिएको थियो । आजको दिन विशेष गरी नकारात्मक शक्ति वा प्रेतात्माको प्रभावबाट बच्नका लागि फलामको औँठी लगाउने प्राचीन परम्परा रहेको छ । यसै विश्वासका साथ सर्वसाधारणहरू फलामको औँठी खरिद गरी लगाउने गर्दछन् । 

    साथै, महिलाहरूले आजको दिनलाई विशेष पर्वको रूपमा लिँदै हातमा मेहेन्दी लगाउने प्रचलन समेत रहेको छ । यस पर्वको मुख्य आकर्षणका रूपमा नर्कटबाट बनाइएको प्रतीकात्मक खट (घण्टाकर्णको आकृति) रहेको छ । नर्कटलाई बाँधेर त्रिकोणात्मक स्वरूप दिई तयार पारिएको उक्त खटलाई साँझपख टोलटोलमा घुमाउने गरिन्छ । 

    समाजबाट रोगव्याधि, अनिष्ट र नकारात्मक तत्वहरू पन्छाउने उद्देश्यले ‘लुतो फाल्ने’ र भूत मन्छाउने प्रक्रिया सम्पन्न गरिन्छ । साँझको समयमा मानिसहरूले हाउभाउ र विभिन्न नाराहरू लगाउँदै उक्त नर्कटको खटलाई शहर वा गाउँभन्दा बाहिर लगेर विसर्जन गर्ने गर्दछन्, जसलाई स्थानीय भाषामा ‘भूत पन्छाउने’ कार्यका रूपमा बुझिन्छ ।    

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १५:४३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij