Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा

राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा


  • 582
    Shares

    राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले लिपुलेक लगायतका सीमा विवाद, राष्ट्रिय सार्वभौमसत्ता र जनजीविकाका विविध सवालमा सरकारको स्पष्ट धारणा माग गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले छिमेकी मुलुकहरूसँगको कुटनीतिक सम्बन्ध र आन्तरिक समस्या समाधानमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

    सांसद गिरीले भारतद्वारा अतिक्रमित नेपाली भू-भाग र लिपुलेक सडकको प्रयोगका सन्दर्भमा सरकार र सत्ता साझेदार दलहरूको मौनतामाथि प्रश्न उठाएका छन् । नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ बनाउने नीति लिएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सीमा मुद्दामा ठोस मार्गचित्र प्रश्तुत गर्न माग गरेका छन् ।

    सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूले सामना गरिरहेका समस्याबारे बोल्दै गिरीले सुरक्षाकर्मीबाट हुने अनावश्यक चेकजाँच र ‘त्रासको वातावरण’ अन्त्य हुनुपर्ने बताएका छन्। उनले नेपाल–भारतबीचको ऐतिहासिक सामाजिक तथा सांस्कृतिक ‘रोटी-बेटी’ को सम्बन्धको मर्यादा राख्दै दैनिक उपभोग्य वस्तु र मलखाद ल्याउनमा सर्वसाधारणलाई दिइँदै आएको सुविधा कटौती नगर्न आग्रह गरेका छन् । 

    साथै, सीमा क्षेत्रमा हुने अवैध असुली, तस्करी र बिचौलियाको गतिविधि नियन्त्रणमा ठोस कदम चाल्न उनले सरकारसँग माग गरेका छन् । आर्थिक र सामाजिक मुद्दाहरूमा केन्द्रित हुँदै सांसद गिरीले गरिबी निवारण र साना व्यवसायीको संरक्षणका लागि सरकारले ल्याएका योजनाहरूको कार्यान्वयन अवस्थाबारे जानकारी माग गरेका छन्। 


     

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १४:५८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij