२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिका-४ लौठी खोलामा जिप दुर्घटना भएको छ।
कगाईबाट श्रीनगरतर्फ जादै गरेको भे १ च १६८५ नम्बरको जिप मंगलबार लौठी खोलामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा अदानचुली गाउँपालिका-५ की २३ वर्षिय बिमला सिंह र ३५ वर्षीय कलक छत्याल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले बताएका छन्।
प्रहरीका अनुसार ओरालो भागमा अनियन्त्रित भई जिप सडकमै पल्टिएर दुर्घटनामा परेको हो । जिपमा चालकसहित ५ जना सवार थिए ।
घाइतेहरूको उद्वार गरी उपचारका लागि श्रीनगर स्वास्थ्यचौकीमा पठाइएको डीएसपी खडकाले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij