Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुँदै डा. शेखर कोइराला

कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुँदै डा. शेखर कोइराला


  • 1.0K
    Shares

    कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुँदै डा. शेखर कोइराला
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् ।

    राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा। कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन् । भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने उनले बताएका छन् ।

    इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ १ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ । भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ । त्यसका लागि उनी साउन २८ गते स्वदेश फर्किदैछन् ।

     

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १४:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij