Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एमाले केन्द्रीय कमिटी बैठक भदौ दोस्रो साता बस्ने

एमाले केन्द्रीय कमिटी बैठक भदौ दोस्रो साता बस्ने


  • 526
    Shares

    एमाले केन्द्रीय कमिटी बैठक भदौ दोस्रो साता बस्ने
    images

    काठमाडौं । पार्टी पुनर्गठनसम्बन्धी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदल प्रतिवेदन ‘होल्ड’ गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ दोस्रो सातासम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् । 

    केन्द्रीय कमिटी बैठकअघि भदौ पहिलो साता सचिवालय बैठक बोलाउने र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे ओलीले आन्तरिक छलफल चलाएको ओली निकट स्रोतले जनाएको हो । 

    एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले केन्द्रीय कमिटी बैठकअघि सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नसक्ने बताए । उपाध्यक्ष थापा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन मस्यौदा अध्यक्ष ओलीले लामो समयदेखि होल्ड गरेर राखेका छन् । 

    कार्यदलका सदस्यसचिव रहेका महासचिव शंकर पोखरेलले प्रतिवेदन मस्यौदा तयार गरेका थिए । तयार मस्यौदा पोखरेलले संयोजक थापालाई अध्ययन गर्न दिएका थिए तर थापाले उक्त मस्यौदा अध्यक्ष ओलीलाई बुझाएका थिए ।

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १२:५५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij