Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

फेसबुकको प्रेमजालमा परेर कास्कीकी महिलाले गुमाइन् ३१ लाख रुपैयाँ

फेसबुकको प्रेमजालमा परेर कास्कीकी महिलाले गुमाइन् ३१ लाख रुपैयाँ


  • 519
    Shares

    फेसबुकको प्रेमजालमा परेर कास्कीकी महिलाले गुमाइन् ३१ लाख रुपैयाँ
    images

    काठमाडौं । कास्कीकी एक महिला सामाजिक सञ्जालमार्फत चिनजान भएका व्यक्तिको प्रेमजालमा परेर ३१ लाख रुपैयाँ ठगीमा परेकी छन्।

    फेसबुकमा भेटिएका ती व्यक्तिले आफू बेलायतमा बस्ने, अविवाहित रहेको र ठूलो सम्पत्तिको मालिक भएको भन्दै महिलासँग सम्बन्ध बढाएका थिए। उनले बेलायतको विमानस्थलबाट भन्दै भिडियो पठाउने र भिडियो कलसमेत गर्ने गरेपछि महिलाले उनलाई विश्वास गर्न थालेकी थिइन्। केही समयपछि ती व्यक्तिले आफू भारत हुँदै नेपाल आउन लागेको बताएका थिए।

    तर नेपाल आउनुअघि नै भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल फोटो भएको ह्वाट्सएप नम्बरबाट महिलालाई फोन आयो। फोन गर्ने व्यक्तिले महिलाका प्रेमी ठूलो रकम र सम्पत्तिसहित पक्राउ परेको भन्दै छुटाउन भन्सार र जरिवानाका लागि पैसा आवश्यक रहेको बताए। त्यसपछि महिलाले पटक–पटक गरी सुरुमा ९ लाख रुपैयाँ पठाइन्। तर रकम पठाएपछि शंका लागेपछि उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। प्रहरीले यो ठगी हुनसक्ने भन्दै थप रकम नपठाउन आग्रह गरेको थियो। 

    तर ठगी गर्ने व्यक्तिले भावनात्मक दबाब दिएर फेरि विश्वास दिलाएपछि महिलाले थप २२ लाख रुपैयाँ पठाइन्। यसरी उनले कुल ३१ लाख रुपैयाँ गुमाइन्। पछि ती व्यक्ति सामाजिक सञ्जालबाट सम्पर्कविहीन भएपछि र अनुसन्धानका क्रममा उनी ठगीमा संलग्न व्यक्ति भएको खुलेपछि मात्र महिला ठगीमा परेको थाहा पाएकी हुन्। 

    प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत प्रेमको नाटक गर्ने, विदेश पठाइदिने, रोजगारी लगाइदिने वा ठूलो नाफाको प्रलोभन देखाएर ठगी गर्ने घटना बढिरहेको जनाएको छ। प्रहरीले अपरिचित व्यक्तिको मीठो कुरामा तत्काल विश्वास नगर्न, पैसा पठाउनुअघि राम्रोसँग बुझ्न तथा बैंक पासवर्ड, पिन र ओटीपीजस्ता गोप्य विवरण कसैलाई नदिन आग्रह गरेको छ।

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १२:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij