Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

भृकुटीमण्डपमा सुरु भयो ‘नाइमा मोबिलिटी एक्स्पो’ (तस्बिरहरू)

भृकुटीमण्डपमा सुरु भयो ‘नाइमा मोबिलिटी एक्स्पो’ (तस्बिरहरू)


  • 729
    Shares

    भृकुटीमण्डपमा सुरु भयो ‘नाइमा मोबिलिटी एक्स्पो’ (तस्बिरहरू)
    images

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण मंगलवारदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

    एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिवद्ध रहेको बताएकी छन् । एक वर्षअघि २१ सदस्य कम्पनीबाट शुरु भएको नाइमामा हाल ३६ कम्पनी आवद्ध भइसकेको जानकारी दिँदै उनले यसले उद्योगको साझा उद्देश्यप्रतिको विश्वास दर्शाएको उल्लेख गरीन्।

    अध्यक्ष वैद्यले यातायात (मोबिलिटी) लाई केवल विलासिता वा सरकारी राजश्वको माध्यमका रूपमा मात्र नहेर्न आग्रह गरेकी छन् । नेपाल स्वच्छ र दिगो यातायातको भविष्यतर्फ अघि बढिरहेको सन्दर्भमा अध्यक्ष वैद्यले सरकारको हरित अर्थतन्त्रको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताएकी छन् । 

    विद्युतीय सवारी साधनसँगै हाइब्रिड र अन्य उदयमान प्रविधिहरूको वर्गीकरण, कर प्रणाली र परीक्षणमा स्पष्टता ल्याउन सरकार र निजी क्षेत्रबीच प्राविधिक बुझाइमा एकरूपता हुनुपर्नेमा उनले जोड दिइन्। निजी क्षेत्रले नीतिगत स्थिरता र पूर्वानुमान योग्य नीतिको अपेक्षा गरेको बताइन् ।   

    n1.JPG

    n2.JPG

     

    n3.JPGn4.JPG

     

    n5.JPGn6.JPG

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १२:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij