Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सीटीईभीटी श्रमिकको चेतावनी– माग पूरा नभएसम्म खबरदारी जारी राख्ने

सीटीईभीटी श्रमिकको चेतावनी– माग पूरा नभएसम्म खबरदारी जारी राख्ने


  • 834
    Shares

    सीटीईभीटी श्रमिकको चेतावनी– माग पूरा नभएसम्म खबरदारी जारी राख्ने
    images

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्।

    करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीको सुरक्षा, कार्यरत पदमै निरन्तर काम गर्न पाउने व्यवस्था र सेवा–सुविधाको सुनिश्चिततालगायतका माग अघि सारेको हो।

    समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई पुनः काममा फर्काउनुपर्ने, करार कर्मचारीलाई दसैँ पेस्की, पोसाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्तालगायत सुविधा उपलब्ध गराउनुपर्ने माग गरेको छ।

    त्यस्तै, मासिक ज्यालादारी कर्मचारीलाई यथावत् काम गर्न दिनुपर्ने, ड्रेसलगायत सुविधा उपलब्ध गराउनुपर्ने र उनीहरूको सेवा अवस्था एकतर्फी रूपमा परिवर्तन नगर्न माग गरिएको छ।

    आन्दोलनमा सहभागी भएकै आधारमा कुनै श्रमिकमाथि विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्न व्यवस्थापनलाई आग्रह गर्दै समितिले माग पूरा नभएसम्म खबरदारी जारी राख्ने जनाएको छ।

    श्रमिकहरूले व्यवस्थापनसँग लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्पष्ट कार्ययोजना माग गरेका छन्। संवाद र सहमतिबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको समितिले जनाएको छ। 

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १०:५३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij