Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

पर्सामा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

पर्सामा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ


  • 981
    Shares

    पर्सामा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ
    images

    काठमाडौं । पर्सामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

    विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा मोटरसाइकल खानतलासी गर्दा उक्त रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    प्रहरीका अनुसार प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका मोटरसाइकलबाट रकम फेला परेको हो ।

    पक्राउ पर्नेमा भारतको बिहारस्थित सितामढी जिल्ला डुमरा थाना घर भएका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ का २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् ।

    उनीहरूको साथबाट १ हजार दरका ४ हजार ५ थान, ५ सय दरका २ हजार ३ सय ५३ थान, १ सय दरका ६ सय ४३ थान र ५० दरका ८४ थान नोट गरी कुल ५२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    parsa.png

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १०:४४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij