२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो ।
केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको छ ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको बताइएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij