२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । पटेर्वा सुगौली गाउँपालिका-०३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सोमबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त टोलीले देश भारत बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर-०३ ठेगाना भएका अन्दाजी ५० वर्षीय सउरु चौधरीलाई १०५ किलो गाँजा सहित पक्राउ गरिएको हो ।
उक्त घटन सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij