Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

फेरि बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?

फेरि बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?


  • 638
    Shares

    फेरि  बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
    images

    काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो ।

    सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ । माग बढेसँगै अण्डाको मूल्य बढेको हो । फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए । मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उहाँले बताउनुभयो । अण्डाको लागत मूल्य प्रतिगोटा रु १९.१२ पर्न आउँछ । यसलाई हिसाब गर्दा प्रतिक्रेट रु ५७३.६ हुन आउँछ ।

    बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको छ । लागत मूल्य पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन् । पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लग्नुलगायत कारााले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन् ।

    पछिल्लो समय बर्डफ्लुका कारण केही किसानको कुखुरा मरेका थिए भने कुखुरा हुनेहरुले अण्डाको मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्नु परेको पोखरेलले बताए । 

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १०:११:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij