Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रतिनिधिसभाबाट ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाबाट ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयक पारित


  • 519
    Shares

    प्रतिनिधिसभाबाट ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयक पारित
    images

    काठमाडौं । प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ बहुमतले पारित गरेको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको विधेयक पारित गरिएको हो ।

    बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकको दफा २ अन्तर्गत रहेको साविकको व्यवस्था जगाउने सम्बन्धी प्रावधान निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त दफाको पक्षमा बहुमत सांसदहरूले ‘हुन्छ’ भनी ध्वनि मत दिएपछि सभामुख अर्यालले विधेयक पारित भएको घोषणा गरेका हुन् ।

    राज्य व्यवस्था तथा सुशासन समितिमा भएको दफावार छलफलका क्रममा विधेयकमा कुनै संशोधन प्रस्ताव नपरेकाले प्रतिवेदनमाथि थप निर्णय आवश्यक नरहेको सभामुखले जानकारी गराएका थिए ।

    विधेयक पारित हुनुअघि यसको प्रस्तावना र नामसमेत सदनबाट अनुमोदन गरिएको थियो । विधेयक पारित भएसँगै नेपाल विशेष सेवा (गुप्तचरी निकाय) सम्बन्धी २०४२ सालको ऐनका केही कानुनी व्यवस्थाहरू पुनः लागू हुने भएका छन् ।

    सरकारले राष्ट्रिय सुरक्षा र सूचना संकलन प्रणालीलाई थप प्रभावकारी बनाउन साविकका व्यवस्थाहरू पुनर्जीवित गर्न यो विधेयक ल्याएको जनाएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १७:४१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij