Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

युवा परिषद् ऐन पुनरावलोकन गर्दै सरकार

युवा परिषद् ऐन पुनरावलोकन गर्दै सरकार


  • 498
    Shares

    युवा परिषद् ऐन पुनरावलोकन गर्दै सरकार
    images

    काठमाडौं । युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको बताएका छन्।

    प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले युवाको बदलिँदो अपेक्षा, श्रम बजार र प्रविधिअनुसार राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी र युवासम्बन्धी विषयमा नेतृत्वदायी संस्थाका रूपमा विकास गर्न नयाँ ऐन ल्याउन लागिएको जानकारी दिएका छन् ।

    उनले राष्ट्रिय युवा ऐनको मस्यौदा नेपाल कानून आयोगले तयार गरी मन्त्रालयमा पठाइसकेको समेत जानकारी दिएका छन् । उनले युवाको क्षेत्रमा विकास भएका नयाँ आयाम र अन्तर्राष्ट्रिय परिवेशलाई राष्ट्र निर्माणमा परिचालन गर्ने उद्देश्यले युवा नीति, २०८२ जारी गरिएको समेत बताएका छन् । उक्त नीति आगामी दशकमा युवालाई बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र भएको मन्त्री यादवको भनाइ छ ।

    उनले भने, ‘आज युवाको अपेक्षा, समय, श्रम बजार र प्रविधि समेत बद्लिएको छ । त्यसैले संस्थाहरु पनि बद्लिनुपर्छ । युवा परिषद्लाई थप प्रभावकारी तथा युवाको सम्बन्धीत विषयमा थप नेतृत्वदायी संस्थाको रुपमा विकास गर्नेगरी राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को पुनरावलोकन गरि नयाँ ऐन ल्याउन, राष्ट्रिय युवा ऐनको मस्यौदा नेपाल कानून आयोगबाट तयार भई मन्त्रालयमा प्राप्त भएको छ । युवाको क्षेत्रमा विकास भएका नयाँ आयाम, अन्तराष्ट्रिय परिवेशलाई राष्ट्र निर्माणमा परिचालन गर्नेगरी युवा नीति, २०८२ आएको छ । 

    सरकारले युवालाई नेतृत्व सीप र रोजगारीसँग जोड्न चालु आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरेको पनि मन्त्री यादवले बताएका छन् । 

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १७:१०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij