Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपालको हितअनुसार सन्धि-सम्झौता पुनरावलोकन गर्न सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल

नेपालको हितअनुसार सन्धि-सम्झौता पुनरावलोकन गर्न सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल


  • 449
    Shares

    नेपालको हितअनुसार सन्धि-सम्झौता पुनरावलोकन गर्न सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकताअनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् । 

    उनले अन्तर्राष्ट्रिय कानून र कुटनीतिक प्रचलनअनुसार सन्धि–सम्झौताको पुनरावलोकन सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाको आपसी सहमति र स्वीकृतिमा निर्भर रहने पनि बताएका छन् । उनले नेपालको हितलाई केन्द्रमा राखेर सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै उपयुक्त समयमा सन्धि–सम्झौताको पुनरावलोकन गरिने बताएका छन् । 

    उनले कानून, न्याय तथा संदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित अन्य मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेका सन्धि–सम्झौताको समीक्षा गर्ने कार्य भइरहेको बताएका छन् । सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग कूटनीतिक माध्यमबाट वार्ता अघि बढाउने र पारस्परिक सहमति भएका सन्धि-सम्झौतालाई अन्तिम रूप दिने काम समेत भइरहेको मन्त्री खनालले बताएका छन्।

    उनले भने, ‘सन्धिसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको सामान्य सिद्धान्त बमोजिम कुनैपनि द्धिपक्षीय वा बहुपक्षीय सन्धि सम्झौताको पुनरावलोकन, परिमार्जन वा नविकरण सम्बन्धीत पक्षराष्ट्र वा अन्तर्राष्ट्रिय संघसंथाको समेत आपसि सहमति र स्वीकृतिमा निर्भर खरहने अन्तर्राष्ट्रिय कानून र कुटनीतिक प्रचलन भएकोले सन्धि सम्झौताहरुको पुनरावलोकन नेपाल सरकारले आवश्यकताअनुसार सम्बन्धीत मित्रराष्ट्र र संस्थाहरुसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ । 

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १६:५०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij