२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघिबाट प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच छलफल भइरहेको हो ।
भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, विकास तथा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री शाहले आजै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीले पछिल्लो समय नेपालका छिमेकी मुलुकका राजदूतहरूसँग भेटघाटलाई तीव्रता दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij