Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने


  • 974
    Shares

    भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने
    images

    काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नेपाली अटोमोबाइल क्षेत्रको ठूलो तथा प्रतीक्षित मेला ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडाले अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा आयोजना गर्न लागेको हो। 

    आयोजकका अनुसार अटो शो अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायीका लागि उत्पादन तथा सेवा प्रदर्शनसँगै व्यावसायिक प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्च बन्ने भएको छ।

    यस वर्षको अटो शोमा साना तथा ठूला गरी कुल २०० वटा स्टल रहने छन् भने प्रदर्शनीमा २२ वटा ब्रान्डका यात्रुवाहक सवारीसाधन, १६ वटा ब्रान्डका हलुका व्यावसायिक सवारीसाधन र १२ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुने छन्।

    त्यस्तै, ८ वटा नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन्।

    नाडा अटो शोप्रति देशभरका अटोमोबाइल व्यवसायीको उत्साह बढेको आयोजकले जनाएको छ। स्टलका लागि हालसम्म पनि व्यवसायीबाट अत्यधिक माग आइरहेको नाडाको भनाइ छ। 

    नाडाका अनुसार स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने अटो शोले पछिल्लो समय सुस्ताएको अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।  

     

     

    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १५:०४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij