२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा अवस्थित पुस्तकालयमा प्राचीन धर्मग्रन्थ सङ्कलनलाई अभियानका रुपमा अघि बढाइने भएको छ ।
विक्रम संवत् २०५६ मा विद्यालय स्थापना भएदेखि नै विद्यार्थीका लागि अत्यावश्यक पुस्तक सङ्कलनबाट सुरु गरिएको पुस्तकालयलाई थप व्यवस्थित गर्दै प्राचीन महत्वका धार्मिक पुस्तक सङ्कलन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।
पुस्तकालयमा हाल करिब २५० को सङ्ख्यामा मात्रै पुस्तक सङ्कलित भएको बताउँदै उनले प्राचीन महत्वका धार्मिक पुस्तक उपलब्ध गराउन सबैमा आग्रह गरिएको बताए । उनका अनुसार पुस्तकालयलाई व्यवस्थित बनाउनका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयले गत आर्थिक वर्ष २०८१\०८२ मा रु दुई लाख उपलब्ध गराएकोे थियो ।
पुस्तकालयमा उपलब्ध गराइएका पुस्तक जो कोही विद्यार्थी तथा अनुसन्धाता सबैका लागि उपयोगी हुनाका साथै वर्षौंसम्म सुरक्षित रहने उनले बताए । देशका विभिन्न जिल्लाबाट आएका करिब ५० जना बटुक अध्ययनरत त्यस विद्यालयले ४० जनालाई आवासीय सुविधा उपलब्ध गराउँदै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij