Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस


  • 876
    Shares

    राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ । 

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८२\०८३ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । 

    नेपालको संविधानको धारा २९४ बमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था अनुसार प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको हकहितको संरक्षण र सशक्तिकरणमा आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।  

    उनले मुस्लिम समुदायका लागि संवैधानिक तथा कानुनी व्यवस्थाको कार्यान्वयन अवस्थाबारे अध्ययन गरी सरकारलाई सुझाव दिने कार्यले संविधानप्रदत्त समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

    सो अवसरमा आयोगका पदाधिकारीहरू तथा राष्ट्रपति कार्यालयका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
     

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १२:४९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij