Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतको भेटवार्ता सकियो

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतको भेटवार्ता सकियो


  • 365
    Shares

    प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतको भेटवार्ता सकियो
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।

    प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेर अघि भेटवार्ता सकिएको छ । दुवै तर्फका प्रतिनिधिहरु सहित भएको भेटवार्ता ४५ मिनेट चलेको थियो ।

    भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए ।प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।

    अर्को भेटवार्ता चिनियाँ राजदूतसँग हुँदैछ । दिउँसो ३ बजेका लागि चिनियाँ राजदूतसँग भेटवार्ताको समय तोकिएको छ ।
    यसअघि प्रधानमन्त्री शाहले सबै देशका राजदूतहरुसँग सामुहिक भेटवार्ता भएको थियो ।

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १२:४६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij