Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

घरमै कुकुर परिचालन र सिसीटिभी जडान गरेर लागूऔषध बेच्ने काराेबारी पक्राउ, मुख्य कोठामा पुग्न ३ वटा गेट

घरमै कुकुर परिचालन र सिसीटिभी जडान गरेर लागूऔषध बेच्ने काराेबारी पक्राउ, मुख्य कोठामा पुग्न ३ वटा गेट


  • 414
    Shares

    घरमै कुकुर परिचालन र सिसीटिभी जडान गरेर लागूऔषध बेच्ने काराेबारी पक्राउ, मुख्य कोठामा पुग्न ३ वटा गेट
    images

    काठमाडौं। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ललितपुरको कुपन्डोलमा घरमै सिसीटिभी जडान गरेर लागूऔषध खैरो हेरोइन कारोबार गर्ने एक युवकलाई पक्राउ गरेको छ।

    ती युवकले प्रहरीबाट बच्न सिसीटिभी जडान र बच्न कुकुरसमेत परिचालन गर्दै आएको प्रहरीले जनाएको हो। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१ का २९ वर्षीय प्रज्वल केसी छन् ।

    आरोपीलाई ४ वटा फलामे गेट तोडेर पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी सुबास बोहराले बताए। उनको साथबाट प्रहरीले ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।

    पक्राउ परेका आरोपी यसअघि यसअघि लागूऔषध मुद्दामा ३ वर्ष ६ महिना जेल बसेका थिए। आफ्नो कारोबारको सूचना चुहावट हुन नदिन र पक्राउबाट बच्न केसीले घरमा ३ वटा फलामको गेट बनाएका थिए।

    कारागारमा बस्दा चिनेका अर्का कैदीमार्फत सम्पर्क भएका व्यक्तिसँग खरिद गरेर उनले उपत्यकामा खैरो हेरोइन बेच्ने गरेका थिए।

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १२:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij