Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रविन्द्र मेहताको शव एक सातादेखि अस्पतालमै, सहमतिमा अड्कियो पोस्टमार्टम

रविन्द्र मेहताको शव एक सातादेखि अस्पतालमै, सहमतिमा अड्कियो पोस्टमार्टम


  • 750
    Shares

    रविन्द्र मेहताको शव एक सातादेखि अस्पतालमै, सहमतिमा अड्कियो पोस्टमार्टम
    images

    काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका रविन्द्र मेहताको शव एक हप्तादेखि अस्पतालमै रहेको छ ।

    साउन १९ मा २२ वर्षीय रविन्द्र मेहताको उपचारको क्रममा मृत्यु भएको थियो । उनी देवानगञ्जमा भएको हिन्दु र मुस्लिम समुदाय बिचको दङ्गामा परेर घाइते भएका थिए ।

    सरकार पक्ष र मृतकका परिवारसँग सहमति हुन नसक्दा रविन्द्रको शवको पोस्टमार्टम हुन सकेको छैन । पीडित पक्षले शव परीक्षण गर्नुअघि नै सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन् । सहिद घोषणा गर्न निश्चित कार्यविधि पुरा गर्नुपर्ने हुनाले सहमति हुन नसकेको गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्कीले बताएका छन् ।

    रविन्द्रका परिवारसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ साउन १९ मा शिक्षण अस्पतालमा गएका थिए । त्यसपछि एक पटक गृह मन्त्रालयमा बोलाएर उनले मृतकका परिवारसँग छलफल गरेका छन् ।

    लगातार छलफल भए पनि शहीद घोषणा गर्नुपर्ने र दोषीलाई पक्राउ गर्नुपर्ने मृतकका परिवारले अडान राखेपछि छलफल निष्कर्षमा पुग्न नसकेको सुनसरी–२ का सांसद लालविक्रम थापाले बताए ।

    मृत्यु हुनेमा कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिराहा औरही गाउँपालिकाका गणेश यादव रहेका छन् । 

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १२:०५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij